|

सल्यान : छत्रेश्वरी गाउँपालिका–६ को इन्द्रेणी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिने क्रममा जलेर घाइते भएको रामकाँडाका ४७ वर्षीय खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको छ। 

गत शनिवार घाइते भएका उनको उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पताल मंगलबार  बिहान ५ बजे मृत्यु भएको वडाध्यक्ष चुडामणि दसौदीले जानकारी दिए। बोहरालाई सल्यान अस्पताल सल्यानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिवार नै काठमाडौं लगिएको थियो। 

उनको शव काठमाडौंबाट घरमा ल्याउने तयारी भैरहेको वडाध्यक्ष दसौदीले बताए। यसअअघि आगलागीमा परी शनिवार पुन्टी बोहराको मृत्यु भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.