खेलकुद

एएफसी कपको एक खेलका सबै निर्णायक महिला
SHARES

बैशाख ३१, २०७६

    एसियाली फुटबल महासंघले मलेसियामा हुन लागेको पुरुषहरूको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरू महिला राख्ने घोषणा गरेको छ।    

    जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ।    

    थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन्। एएफसीले एसियाली फुटबल महासंघको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहने जनाएको छ।    

    एएफसी कपका खेलहरूमा यसअघि महिलाहरूलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो। सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो।    

    सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै 'मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ' भनेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]