|
File Photo

काठमाडौं : काठमाडौंमा ‘नेपाल-भारत लगानी एक्स्पो’ आयोजना हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट लगानी एक्स्पो सुरु हुने भएको हो। नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो दिन बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पनि जनाएको छ। काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा २ दिनसम्म सो एक्स्पो आयोजना हुने छ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरूले भाग लिनेछन्। एक्स्पोमा नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.