|

चितवन : एपिएफ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा वीरगंज युनाइटेडलाई ३-१ गोल अन्तरले पाखा लगाउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। 

एपिएफको जितमा रमेस डंगोलले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यस्तै नविन लामाले ५२ औँ मिनेटमा दोस्रो गोल गरे भने ६८ औँ मिनेटमा सन्तोष श्रेष्ठले टिमका लागि तेस्रो गोल गरे। उता वीरगञ्ज युनाइडेडका लागी प्याट्टीकोले खेलको ७३ औँ मिनेटमा शान्तवना गोल फर्काए।

एपिएफले लगातार ३ गोल गरेपछि वीरगंज युनाईटेड निक्कै दवावमा परेको थियो। मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। एपिएफसँगै संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेका छन। अब वुधबारबाट सेमिफाइनलका खेलहरू सुरु हुने रेफ्री शुक्र तामाङले जानकारी दिए।

पहिलो सेमिफाइनलमा घरेलु टिम चितवन ११ र संकटा भिड्ने छन। नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ। एजे इन्टरनेसनल प्रालिद्बारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख रुपैयाँ पाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.