|
File Photo

दैलेख : दैलेखको नारायण नगरपालिका ५ छातीकोटमा आफन्तको विवाहमा गएका युवाको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा दुई जना युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

सोमबार साँझ झडपमा थापाको मृत्यु भएपछि फरार भएका दुई जनालाई प्रहरीले दैलेखको नारायण नगरपालिका ७ टोड्के खोला नजिकको जंगलबाट पक्राउ गरेको छ।

मृतक प्रेमबहादुर थापाको मृत्यु भएसँगै फरार भएका दुई जना पहलसिंह सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले जानकारी दिए।

घटनामा संलग्न भएको खबर प्राप्त भएलगत्तै प्रहरीले दैलेखका सबै नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारेर खोजी कार्यलाई तीव्रता दिएको थियो।

सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन्। मृतक थापाको शव अहिले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्टमार्टम गरेर आफन्तहरुले बुझेर लगेको दैलेख प्रहरी प्रमुख पोखरेलले जानकारी दिए।

आशंका गरिएका व्यक्तिहरू पक्राउ परिसकेको र घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.