|

एएफसी कपमा नेपाली लिग च्याम्पियन मनाङले मिर्नेभा पन्जावविरुद्ध प्रतिष्पर्धा गर्दै छ। सुरुवाती ३ खेलमा पराजित भएकाे मनाङ पहिलो जितको खोजिमा मैदान उत्रन लागेको हो। यसअघि पन्जावविरुद्धको खेलमा बराबरी गरेको मनाङ घरेलु मैदानमा भने शतप्रतिशत नतिजाको खोजिमा हुने छ।

मनाङले बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आफ्नो चौंथो खेल खेल्दै छ। खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले जित्नका लागि मैदान उत्रने बताइसकेका छन्। उनले यसअघि भएका गल्ती नदोहोराएमा जित निकाल्ने विश्वास ब्यक्त गरे। उनले टिममा केहि हेरफेर हुने संकेत गर्दै मनाङ पहिलो जितका लागि संघर्ष गर्ने बताए।

पञ्जावले पनि जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन। तर उसले हार पनि ब्योहोरेको छैन्। यसअघिका तीन खेल नै बराबरी खेलेकाले अघिल्लो चरण संभाबना बलियो बनाउनपनि जित्नै पर्ने दबाबमा पन्जाब छ। पन्जावका प्रशिक्षक सचिन बाडाधेले अघिल्लो चरण पुग्ने आशलाई कायम राख्नपनि ३ अंकका लागि खेल्ने बताए। उनले भने ‘हामी तीन अंकका लागि खेल्छौं। खेलाडी सबै फिट र तयार छन्।’ उनले आर्टिफिसियल टर्फमा केहि गाह्रो हुने भएपनि नतिजा आफ्नो पक्षमा आउनेमा विश्वास ब्यक्त गरे।

सुरुवाती २ खेलमा लगातार पराजित भएको मनाङ मर्स्याङ्दीले दुई साताअघि पञ्जावविरुद्धकै खेलबाट अंक तालिकामा खाता खालेको थियो। मनाङले गत सिजनको आइ लिग च्याम्पियन पन्जावलाई २–२ को बराबरीमा रोकेर एक अंक जोड्न सफल भयो। प्रतियोगितामा मनाङले ढाकासँग एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको खेल १–० ले गुमाएको थियो। मनाङले दोस्रो खेल चेन्नइयीनसँग खेल्यो। गत सिजनको भारतीय सुपर लिग च्याम्पियनसँगको खेलमा मनाङ २–० गोलले पराजित भएको थियो।

मनाङले बुधबार पञ्जावसँग खेलेपछि पाँचौ चरणमा ढाकासँग बंगबन्धु रंगशालामा आगामी असार ४ गते र अन्तिम खेलमा असार ११ गते चेन्नइयीनसँग एन्फा कम्प्लेक्समा खेल्ने कार्यतालिका रहेको छ। समूह ुईु बाट एक टिम मात्र अघिल्लो चरणमा पुग्नेछ। तीन चरण सकिदा चेन्नइयीन ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको ढाकाको ४ अंक छ भने पञ्जाव ३ अंक जोडेर तेस्रो स्थानमा छ। मनाङ १ अंकसहित चौथो स्थानमा छ।

मनाङलाई अघिल्लो चरणमा पुग्न बाँकी रहेका ३ खेल नै जित्नु पर्ने अवस्थामा छ। मनाङलाई ३ खेल जितेर मात्र पुग्दैन शीर्ष स्थानको चेन्नइयीनले ३ मध्ये २ खेलमा हार बेहोर्नु पर्ने अवस्थामा छ। जुन समिकरण मनाङका लागि कठिन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.