समाज : सुरक्षा/अपराध

बलात्कारको आरोपमा दुई पक्राउ
SHARES

जेठ १, २०७६

    भक्तपुर : भक्तपुर प्रहरीले बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। १० वर्षीया बालिका र अर्की १५ किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपुर थिमी–९ बोडेबाट एक जना र भक्तपुर–२ सल्लाघारीबाट अर्को गरी दुई युवकलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुको सोताङ गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको हो।

    राईले गत वैशाख २६ मा बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको पीडित पक्षको आरोप छ। पीडित पक्षले वैशाख २८ मा उजुरी दिएपछि राईलाई पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।

    त्यसैगरी चाँगुनारायण नगरपालिका–२ स्यालडाँडामा बस्दै आएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ।

    पीडित पक्षले गत वैशाख २७ मा दिएको उजुरीको आधारमा चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]