|

काठमाडौं : रामेछापको चोप्राङमा भएको टिप्पर दुर्घटमा ४ जनाको मृत्यु भएको छ। 

बा २ ख ६८८८ नम्बरको टिप्पर सडकबाट मंगलबार राति साढे ८ बजे करिब डेढ सय मिटर तल खस्दा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमा नै र १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपालचोक तातोपानी घर भएका टिप्पर चालक कुमार विक, सिन्धुली कपिलकोटका रुपेश भण्डारी, सर्लाही घर भएका विकास पौडेल र ललितपुर घर भएका किरण डांगी रहेका छन्। 

मृतक किरण डांगीको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिए।

मृतकहरूको शव घटनास्थलमा नै रहेको र पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ। 

यस्तै, पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.