|

नेपाली फेसनको प्रबर्धन गर्न अष्ट्रेलियाको सिड्नीमा फेसन शो हुने भएको छ।

आगामी जुन २ मा सिड्नीस्थित होटल सोफिटेलमा आयोजना हुने प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने आयोजनक डिजिटिल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले जानकारी दिए।

प्रतिस्पर्धीबाट उत्कृष्ट महिला तथा पुरुष प्रतियोगीले जनही दुई लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ। 'ग्ल्याम नेपाल इन्टरनेशनल' टाइटल दिइएको प्रतियोगितामा पिपल्स च्वाइस अवार्ड विधा समेत रहेको छ। ती उपाधी हात पार्नेले विभिन्न फेशन शोमा सिधै प्रतिस्पर्धाको अवसर पाउनेछन्।

यस्तै विजेता महिलाले फिलिपिन्समा यहीँ वर्ष हुने फेस अफ ब्युटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ। नेपालको फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन फेशन शोको आयोजना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलका सद्धभावना दुत सुनोद श्रेष्ठले बताए।

‘फेशनमा महिला र पुरुष दुवैलाई समानअवसर प्रदान गर्दै नेपाली फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत चिनाउने प्रयास हामीले जारी राखेका हौँ’, श्रेष्ठले भने।

प्रतियोगिताको निर्णायकमा मनिष राई, मुक्ला श्रेष्ठ, युबी थापा, सविता कार्की र नीति शाह रहने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.