|

काठमाडौं : लामो समयसम्म सडक पिच नभएको भन्दै स्थानीयले आन्दोलन गरेपछि बौद्धको सडकको काम अगाडि बढेको छ।

चाबहिलबाट बौद्धसम्मको सडकको पिच गर्ने काम बुधबार बिहान ८ बजेदेखि शुरु भएको हो।

स्थानीय निश्चल बाँस्कोटाकाले भने, 'बुधबार बिहान ८ बजेदेखि पिच सुरु भएको हो। टुसाल चोकहुँदै बौद्धसम्म पिच गर्न थालिएको छ।' यो सडकको जिम्मा ठेकेदार शकुन्तला हिराचनको 'युनाइटेड बिल्डर्स'ले लिएको थियो।

पढ्नुहोस्ः

निर्माण व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका ए ग्रेडका ठेकेदारले लामो समयसम्म पनि सडक पिच नगरेपछि बैशाख २६ गते स्थानीयले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरीसँग झडप पनि भएको थियो।

स्थानीय जनता र व्यापारीको चर्को दबाबपछि ठेकेदारले पिच गर्ने काम थालेको हो। उक्त सडकमा धुलो उड्ने भएकाले स्थानीयले आन्दोलन गरेका हुन।

हेर्नुहोस् सडक पिच भइरहेका तस्बिर :

सडक पिच गर्नमा खटिएका मजदुर

पिच भइरहेको सडक 

कामदार, अलकत्रा बोकेका टिपर र पिच भइरहेको सडक

अलकत्रा बोकेका टिपर


सडक पिच हुँदै

तस्बिर सौजन्य : स्थानीय निश्चल बाँस्कोटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.