|
File Photo

डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका विभिन्न खानेपानीका योजनाहरूको पानीमा दिसामा हुने किटाणु (कोलिफर्म) भेटिएको छ।

अमरगढी स्वास्थ्य शाखाका अनुसार अमरगढी नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा अत्यधिक रहेको भेटिएको हो।

सबैभन्दा बढी अमरगढी नगरपालिका–१० मा रहेको स्याउले खानेपानी योजनामा मात्रै १०० युनिट माथि र मुसे खानेपानी योजनाको पानी ८२ युनिट कोलिर्फम रहेको देखाएको छ भने सबैभन्दा कम सदरमुकामको खलङ्गा खानेपानी उपभोक्तता समितिद्वारा संचालित खानेपानी योजनाको एक युनिट मात्र पानीमा रहेको खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रशाद पौडेलले जानकारी दिए।

त्यस्तै ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट, र सहश्रलिङ्ग खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्र भेटिएकाले पानी सिधैं पिउन अयोग्य हुने पानीको गुणस्तर परिक्षण रिर्पाटले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए। यो मात्रा १ सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो।

उनका अनुसार यहाँको पानी परिक्षणका लागि खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीमा पठाइएको थियो। त्यहाँ परिक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो।

घटाल खानेपानी योजना, दुधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना, उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा ‘कोलिफर्म’ भएपनि पिउन योग्य भएको तर उमालेर पिउन उच्चम हुने स्वास्थ्य शाखा सह–संयोजक विष्टले दिए।

मुहानमा लामो समयसम्म पनि सरसफाइ नहुँदा दिसामा हुने किटाणु ‘कोलिफर्म’ पानीमा फेला परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ। कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायतका महामारीजन्य रोगको सङ्क्रमण हुने गर्दछ। गर्मी समय यो खतरा बढी हुने स्वास्थ्यकर्मीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.