|

हेटौँडा : प्रदेश ३ को विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता संसदमा पेस भएको छ। विधेयक प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले संसदमा पेस गरेका हुन्।

मन्त्री ढुंगेलले प्रस्तुत गरेका विनियोजन विधेयक महत्वाकांक्षी देखिएको छ। प्रदेश सरकारले आधारभूत आवश्यकतादेखि सामाजिकरूपमा समृद्धसम्म योजना अघि सारेको छ। विनियोजन विधेयकमा आएका सबै कुरा नीति तथा कार्यक्रममा पनि आए राम्रो हुने प्रतिपक्ष दलका सांसदहरूले बताएका छन्। तर, विनियोजन विधयेकमा आएका सबै कुरा कार्यान्वयनमा शंका रहेको विपक्षी दलका सांसदले बताए।

‘प्रदेश समृद्धिको आधारः श्रम सिर्जना, उत्पादन र रोजगार’ भन्ने नाराको साथ विधेयक ल्याइएको मन्त्री ढुंगेलले बताएका छन्। विनियोजन विधेयकमा भ्रष्टाचारमा निवारणसम्बन्धी प्रदेश रणनीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। 

विधेयकका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रदेशभित्र कार्यक्रम गर्दा प्रदेशको अनुमति अनिवार्य तथा उक्त लागतलाई प्रदेशको आर्थिक विवरणमा आबद्ध गराउने उल्लेख गरिएको छ। बजेटको मार्ग निर्देशकको नाम दिइएको उक्त विधेयकमा गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता, प्रदेशको स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सेवा, प्रदेशलाई औद्योगिक प्रदेशको रूपमा विकास गर्ने योजना छ।

प्रदेश ३ मा कृषि पेसालाई मर्यादित बनाउन प्रदेश सरकारले विशेष ध्यान दिने बताएको छ। जडीबुटी प्रशोधन केन्द्रको स्थापना गरी वनभित्र रहेका जडीबुटीहरूको सदुपयोग गर्ने पनि विनियोजन विधेयकमा उल्लेख रहेको छ।

यस्तै, प्रदेशले सामाजिक क्षेत्रमा विनियोजन विधेयकको प्राथमिकतामा सहयोगापेक्षी र सडकमानव नरहने, दलित छुवाछुत,अन्धविश्वास, घरेलु हिंसा दाइजो प्रथा, बोक्सी प्रथाको अन्त्यलगायत रहेको छ। बिहीबारबाट विनियोजन विधेयकमाथि संसदमा प्रदेशसभा सदस्यहरूले आफ्नो धाराण राख्नेछन्।

चीन भ्रमण सफल रह्योः मुख्यमन्त्री

बुधबार भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले चीन भ्रमणबारे जानकारी गराएका छन्। राष्ट्रपतिको चीन भ्रमणको टोलीमा सहभागी भएका मुख्यमन्त्री आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश ३ र चीनको गन्सु प्रान्तबीच जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको संसदमा जानकारी गराएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.