|
File Photo

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा बुधबार ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।

बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडि सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर बस्ने वर्ष २५ को भरत राई घाइते भएका थिए। गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १०:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।

यस्तै, मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा बुधबार नै करेण्ट लागेर १ जनाको मृत्यु भएको छ। बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भइरहेको मस्जिदको वालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेण्ट लागेर सोही गाउँपालिका–६ बस्ने वर्ष २५ को मोहम्मद ईलियात मियाँ बेहोस भएका थिए।

करेण्ट लागेर बेहोस भएका मियाँलाई उपचारको लागि  कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.