|

काठमाडौं :  काठमाडौंको कालोपुलमा एक युवतीमाथि बुधबार राति एसिड प्रहार भएको छ।

कालोपुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय युवतीमाथि एसिड प्रहार भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए। 

डीआईजी पोखरेलका अनुसार राति करिब आठ बजे उनीमाथि एसिड प्रहार गरिएको थियो।  एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीरको केही भाग जलेको छ। युवतीलाई ओम अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।

एसिड प्रहार गर्ने बिष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.