छापा

प्रदेश १ मा नाै सय दरबन्दी खाली
SHARES

जेठ २, २०७६

    विराटनगर : प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए।

    अन्नपूर्ण पोस्ट् दैनिकका अनुसार प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। तर एक हजार पाँच सय कर्मचारी मात्रै कार्यरत रहेको अधिकारीले बताए।

    प्रदेश सरकारले लोक सेवा आयोग गठन गरेर निजामती कर्मचारी भर्ना गर्न नसक्दा र संघीय सरकारले गरेको कर्मचारी समायोजन प्रभावकारी नहुँदा प्रदेश १ मा नौ सय कर्मचारीको दरबन्दी खाली रहेको छ। दरबन्दीअनुसार कर्मचारी नपुग हुँदा प्रदेश मातहतका प्रादेशिक कार्यालयका काम कारबाही प्रभावकारी बन्न नसकेको अधिकारीको भनाइ छ। 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]