खेलकुद

भरतपुर गोल्डकप : एपिएफ र झापा भिड्दै
SHARES

जेठ २, २०७६

    चितवन : नारायणगढमा जारी भरतपुर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ र झापा–११ आमनेसामने हुँदैछन्।

    उपाधि दावेदार यी दुई टोलीबीचको खेल अपराह्न ४ बजेपछि हुने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए। झापा–११ क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई राजित गर्दै सेमिफाइनलमा प्रवेश थियो। एपिएफले विरगंज युनाइटेडलाई पराजित गर्दै झापासँगको भेट पक्क गरेको हो।

    बुधबार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम चितवन–११ लाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा क्लब फाइनल प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा ट्राइब्रेकरबाट निर्णय लिइएको हो।

    नारायणगढको क्याम्पाचौरमा वैशाख २४ देखि जारी प्रतियोगिता जेठ ४ सम्म सञ्चालन हुनेछ। ए जे ईन्टरनेसनल प्रालिले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख रुपैयाँ पाउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]