|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली रसिद प्रयोग गरी करोडौँ राजस्व रकम हिनामिना गर्ने मालपोत अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराको रजिष्ट्रेसन फाँट नम्बर ३ का फाँटवाला मदनप्रसाद गुप्ताबाट बरामद गरिएका कागजपत्रबाट दुई करोड ५० लाख ८६ हजार छ ६ सय ४० रुपैयाँ राजस्व खातामा दाखिला नगरी खाएको आयोगको आरोप छ। 

भूमिसुधार तथा मालपोत कार्यालय बाराका फाँटवाला (नासु) मदनप्रसाद गुप्ताले आफू कार्यरत अवधिमा राजस्वको रसिद, सक्कल लिखतहरू र अन्य कागजात लुकाएको आरोपमा अख्तियारले छानबिन गरिरहेको थियो। उनले २०७४ साल कात्तिकदेखि २०७५ साल साउनभरको अवधिमा करिब तीन करोड ३८ लाख राजस्व उठाएको पाइएको थियो।

त्यस क्रममा एक करोड ३७ लाख रुपैयाँको नक्कली बिल प्रयोग भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो। उनले चार करोड ७३ लाख रुपैयाँ संकलन गरेकोमा दुई करोड ५० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।

अख्तियारले मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत त्रिवेदी, फाटवाला गुप्ता, लेखापाल युगल किशोर ठाकुरमाथि पनि कारबाहीको सिफारिस गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.