समाज

चोरबाट यार्सा जोगाउन रुकुममा २०० युवा परिचालन
SHARES

जेठ २, २०७६

    रुकुम : पूर्व पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्न सुरसार तयारी थालिएको छ। यार्सा खोज्न जाने सर्वसाधारण मालसामानको जोहो गर्दै छन्। गाउँपालिकाको रन्मामैकोट, पुपाल, अरविजा, जंगला, पूर्वाङलगायत ठाउँमा यार्सा पाइन्छ।

    सिजन व्यवस्थापन समितिले उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन र बुकीको अवस्थाबारे बुझ्न युवाहरूलाई त्यसतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिले बताएको छ। समितिका अनुसार २०० सय बढी युवाहरूलाई बुकीको सुरक्षा गर्न पठाएर सिजन व्यवस्थापन समितिको बैठक बसेर टिप्ने मिति तोक्ने तयारी गरिरहेको छ।

    स्थानीय भरतकुमार पुनका अनुसार सुरक्षाका लागि बुकी पुगेका युवाहरूले ल्याउने खबरको आधारमा यार्सा खुला गर्ने दिनको निर्णय हुने गरेको छ। सिजन व्यवस्थापन समितिले यार्सा खोज्ने र किन्नेका लागि प्रवेश शुल्क पनि तोकिसकेको छैन। 

    त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्साको एउटा सिजनबाट उनीहरूले वर्षभरको खर्च व्यवस्थापन गर्छन्। उनीहरूका लागि यो सिजन ठूलै पर्वसरह हो। महिना दिन बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा खोजेर मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

    पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन। पुथाउत्तरगंगा र सिस्नेको भूभागसहित उनीहरू डोल्पासम्म पुग्ने गर्छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]