समाज : सुरक्षा/अपराध

सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
SHARES

जेठ २, २०७६

    सिन्धुली : चट्याङ लागेर सिन्धुलीको तिनपाटन गाउपालिका–७ आरुबोटेका तिन जना घाइते भएका छन्। चट्याङ परेर पाचवटा पशु चौपायको मृत्यु भएको छ। 

    बुधवार दिउसो पानीसँगै परेको चट्याङ लाग्दा तिनपाटन गाउपालिका–७ आरुबोटेका उखमाया लामिछाने, ज्ञानबहादुर मसराङ्गी मगर र सितामाया सार्की घाइते भएका छन्। 

    सार्कीलाई भने गएराति नै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। लामिछाने र मसराङ्गी भने स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर घर फर्किएको प्रहरी जानकारी दिएको छ। 

    चट्याङका कारण सोही ठाउँका फरीबहादुर तामाङको ३ वटा बाख्रा, एक बोका र एक कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]