कागको जस्तो चनाखो, बकुल्लाको जस्तो आफ्नो लक्ष्यमा ध्यानमग्न हुने, कुकुरको जस्तो थोरै निन्द्रा लिने, चाहिनेभन्दा अलि कम खाने र विद्याप्राप्तिका लागि आवश्यक परे घर त्यागेर टाढा जाने, यी पाँच गुण विद्यार्थीमा हुनुपर्छ।
यस्तै पढ्ने समयमा सुखभोग खोज्नेले विद्या अध्ययन छोडिदिनु भन्छ, नीति। विद्या चाहने हो भने पढ्ने समयमा सुखभोग छाडिदिनुपर्छ। सुख खोज्ने मानिसले विद्या र विद्या प्राप्त गर्न चाहने मानिसले सुख कहाँ पाउँछ र!
चाणक्य नीतिअनुसार काम, क्रोध, गुलियो वस्तु, श्रृंगार, खेल, धेरै निन्द्रा र धेरै सेवा यी आठ कुरा विद्यार्थीले छाडिदिनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।