समाज

देवघाट क्षेत्र विकास समितिले माग्यो १० करोड

फाइल फोटो
जेठ २, २०७६

    भरतपुर : देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ। गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

    चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ। 'यो वर्ष पूँजीगततर्फ ७५ लाख र चालूतर्फ २० लाख रुपैयाँ बजेट निकासा भएको हो, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, 'यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो।' देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ। 
     
    'देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न छ अर्ब रुपैयाँ आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ', उनले भने।गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट एक अर्ब, प्रदेश ३ बाट  एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताए। तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

    २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उनको भनाइ छ। १० वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताए। 

    चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि ज्येष्ठ नागरिक (वृद्धाश्रम) भवन निर्माणसम्मका काम गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए। उनले ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत काम असारसम्म सम्पन्न हुने प्रतिबद्धता जनाए। 

    चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ। विकास समिति ऐन, २०१३ अनुरूप देवघाट क्षेत्र विकास समिति गठन भएपछि २०५१ बाट औपचारिक कार्य सुरु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]