|

ओखलढुंगा : ओखलढुंगामा जन्मेर बेलायती सेनामा कार्यरत युवाहरूको सहयोगमा  जिल्लाको पहिचान झल्कने प्रवेशद्वार निर्माण सुरु गरिएको छ। उदयपुरको घुर्मी नाकाबाट ओखलढुंगा प्रवेश गरिने नाकामा प्रवेशद्वार बनाउन थालिएको हो।

ओखलढुंगा समाज  युके संस्थामा संगठित युवाहरूले प्रवेशद्वार निर्माण गर्न २५ लाख रकम सहयोग गरेका छन्। ओखलढुंगा समाज युकेबाट उपलब्ध गराएको २५ लाख रपैयाँ रकमबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य स्थान हर्कपुरमा प्रवेशद्वार निर्माण थालिएको हो। सिद्धिचरण लोकमार्गस्थित जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ को हर्कपुरमा प्रवेशद्वार निर्माण भइरहेको छ।

जिल्ला भित्रने मुख्यस्थलमा आगन्तुकको स्वागतका लागि प्रवेशद्वारसँगै ओखलको मूर्ति र ओखलढुंगा जिल्लाको पहिचान झल्कने विभिन्न तस्वीर राखिने बताइएको छ। पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको गेट १२ मिटर अग्लो र ८ मिटर चौडा रहेको छ।

०७५ चैतबाट निर्माण थालिएको प्रवेशद्वारको काम ५० प्रतिशत सकिएको निर्माण समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए। हर्कपुरको प्रहरी चौकी र रि–फ्रेस सेन्टरसँगै निर्माणाधीन गेट सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य राखिएको छ। प्रवेशद्वार निर्माण भएपछि सोही क्षेत्रमा २ रोपनी जग्गामा उक्त संस्थाले हरियाली पार्कसमेत निर्माण गर्ने योजना रहेको अध्यक्ष गौतमको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.