|

सल्यान : कर्णाली प्रदेश नेपाल कम्युनिष्ट पाटी संसदीय दलका प्रमुख सचेतक गुलाव जङ शाहले स्थानीय तहको अधिकार प्रदेश र संघले कुन्ठित गरेको आरोप लगाएका छन्।

स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्र संघीयता मजबुत हुने बताएका हुन्। बागचौर नगरपालिकाले सञ्चालन गरेको प्रथम मेयर कप खेलकुद प्रतियोगितामा बुधबार बागचौरमा बोल्दै शाहले संघले तीव्ररूपमा कानुन नबनाउँदा स्थानीय तहले कानुन बनाउन नसकिरहेको बताए।

उनले भने ‘स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसकेको छ तर आवश्यक कानुन बनाउन सकिरहेका छैनन् संघले तत्काल कानुन निमार्ण गरी दिएको भए स्थानीय तहले आफ्नो कामकाजलाई सहज रूपमा अघि बढाउन सक्थ्यो।‘

वर्तमान ओली सरकारले राजनीतिक स्थायित्वको जग बसाउने काम गरेको प्रमुख सचेतक शाहको दाबी छ। दीर्घकालीन महत्वका योजनाहरू सञ्चालनदेखि राष्ट्रिय गौरवका योजना तीव्रतामा दिइरहेको र जनतासँग प्रत्यक्ष जोडिएका जनजीविका विषयमा गम्भीर भएर लागि परेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.