|
फाइल फोटो

जुम्ला: जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन सुरक्षा तालीम शुरु गरिएको छ।   कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो। 

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ।

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागार्इंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गरिएका छ।

यी क्षेत्रको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताए।  तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.