|

सिराहा:  सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ। सिरहा सहित सप्तरी र उदयपुरमा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कारवाही अघि बढाइएको हो। 

यस्ता आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए।  सम्झौता बमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदा समेत कार्य शुरु गर्ने तर्फ पहल नथालेपछि कारवाही शुरु गरिएको साहले बताए। 

कारबाहीमा पर्ने पप्पु मृत सञ्जिवनी जेभी काठमाडौं, रोशन कन्स्ट्रक्सन जनकपुर र  नीलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौं लगायत रहेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.