|

धनगढी : धनगढी विमानस्थलको स्तरोन्नतीको काम तिव्र गतिमा भइरहेको छ। वैशाख २२ देखि जेठ २१ गतेसम्म विमानस्थल एक महिनाका लागि बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम भइरहेको हो।

प्रत्येक १० वर्षमा धावन मार्गको मर्मत र सुधार गर्नुपर्ने भए पनि धनगढी विमानस्थलको धावन मार्ग बिगत १४ वर्षदेखि सुधार हुन सकेको छैन। जसले गर्दा धावन मार्गको ७ सय मिटरमा खराबी देखिएको छ।

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य हुने धनगढी विमान स्थलका प्रमुख तेज बहादुर बुढथापाले बताए। विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले १७ करोड ८८ लाखमा ठेक्का पाएको छ।

६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो बनाइने छ। अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्स, बुद्ध र श्री एयरलाइन्सले दैनीक ५ वटा उडान भर्दै आएका छन्। ६ सयको हाराहारीमा प्रत्येक दिन हवाइ यात्रा गरिरहेका छन्।

यसैबीच विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्यको सरोकारवालाले अनुगमन निरीक्षण गरेका छन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी, धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत, वडा नम्वर १३ का अध्यक्ष विजय जोशी लगायतले विमानस्थलको अनुगमन गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.