|
File Photo

काठमाडौं : वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले कम्पनीका पूर्वरिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार पक्राउ गरेको हो।

उनले कम्पनीको मोबाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहकसमेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ।

कुईकेललाई ठगी मुद्दाअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.