विश्व

चीनमा विकिपिडियाका सबै भाषाका संस्करणमाथि प्रतिबन्ध
SHARES

जेठ २, २०७६

    चीनमा विकिपिडियाका सबै भाषाका संस्करणमाथि प्रतिबन्ध लगाइएको छ। चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका संस्करण नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेसनले पुष्टि गरेको हो।

    इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने बनाएको बिबिसीले जनाएको छ। यसअघि चीनले चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूमाथि प्रतिबन्ध लगाएको थियो भने अहिले त्यो प्रतिबन्ध अरू भाषामा पनि थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    विकिपिडियाले एक विज्ञप्ति प्रकाशित गर्दै अप्रिलको अन्त्यतिर सबै भाषामा विकिपिडियालाई बन्द गरेको बताएको छ। स्वतन्त्र विश्वज्ञानको विकिपिडियालाई बेलाबेलामा विभिन्न देशले प्रतिबन्ध लगाउने गरेका छन्। प्रयोगकर्ताहरूले विकिपिडियामा बिनापारिश्रमिक सम्पादन गरे योगदान गर्ने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]