|

सिन्धुपाल्चोक : जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुमा पर्यटक लोभ्याउन पर्यटन मार्ग (ग्रेड ट्रेल) निर्माण सुरु भएको छ। बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले मार्ग निर्माण सुरु गरेको हो। 

हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको मार्ग हेलम्बुु १ बुद्घपार्कबाट सुरु भएको छ। सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुने छ। ६० किलोमिटर लम्बाई रहेको पैदल मार्ग निर्माणको कुल लागत ९६ करोड अनुमान गरिएको छ।

धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम सुरु गरेको हो। गाउँपालिकाले डिपिआरको काम सकेपछि प्रदेश सरकारले काम अगाडि बढाउनको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

पर्यटन प्रवर्द्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनाए। ‘ठूलो लागत पर्ने भएकाले हाम्रो मात्र बजेटले सम्भव छैन। त्यसैले माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्ग निर्माणको कामलाई अगाडि बढाउँदै जाने छौं’ अध्यक्ष शेर्पाले भने। 

जंगली जीव जनावरलाई आवत-जावतमा अफ्ठ्यारो नपरोस भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा विशेष ध्यान दिइको छ। मार्ग निर्माणपछि हेलम्बुको पर्यटक क्षेत्रमा थप बल पुग्ने आशा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.