|

काठमाडौं : शिक्षाविद्हरूले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले कम्तीमा २० प्रतिशत बजेटको व्यवस्था नगरेसम्म मुलुकको विद्यालय तहको शिक्षामा सुधार नआउने पनि स्पष्ट पारे।

अर्का शिक्षाविद् केदारभक्त माथेमाले विद्यालय तहको शिक्षामा सुधार ल्याउन बजेटको उचित व्यवस्था गर्न सरकारसँग माग गरे। उनले शिक्षक नियुक्तीमा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए। राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका शिक्षकहरूको कारण पनि सार्वजनिक विद्यालयको शिक्षामा सुधार आउन नसकेको शिक्षाविद् माथेको भनाइ छ।

शिक्षाविद्हरूले सार्वजनिक विद्यालयको सुधारका लागि स्थानीय तहमै अपनत्वको विकास गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन। शिक्षाविद् माथेमाले स्थानीय तहमै अपनत्वको भावनाको विकास गरेर मात्रै विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन सकिने दृष्टान्त पनि पेश गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.