|

बाँके : लागूऔषधसहित बाँके प्रहरीले एक पूर्व प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ। भारतको सीमावर्ती बजार रुपइडिहाबाट मोटरसाइकलको हेल्मेटमा लुकाई नेपाल ल्याउँदै गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका २ बनकटवाका प्रकाश थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दा शाखा इन्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए।

प्रहरी निरीक्षक मल्लका अनुसार उनको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद भएको हाे। सशस्त्र प्रहरी सहायक हवल्दारबाट उपदानमा निस्केका थापाले भे ४ प ५४७४ नम्बरको मोटरसाइकलमा चढेर रुपइडिहाबाट नेपालगन्ज आउँदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनहाबाट उनलाई नियन्त्रणमा लिएको उनले बताए। 

इलाका प्रहरी कार्यालय जमुनहा र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरीबाट उपदानमा निस्कदा परिचय पत्र लगायत सरकारी कागजात नबुझाएर सरकारी कागजपत्रको दुरुपयोग गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.