|
File Photo

रुकुम : सुत्केरी हुन नसकेकी रुकुम पूर्वकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ८, चारगाउँकी १६ वर्षीया मलिना मल्ललाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो।

व्यथा लागेको तीन दिनसम्म पनि बच्चा नजन्मेको भनेर खबर आएपछि हेलिकोप्टर मगाएर उनको उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले जानकारी दिए।

सुत्केरी व्यथा सुरु भएपछि उनी परिवारका सदस्यको साथमा स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन। तर बच्चा नजन्मेपछि स्वास्थकर्मीले पनि अन्यत्रै लैजान सुझाव दिएका थिए।

त्यस्तै एक साताअघि मलिनाले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविमा गर्भ जाँच गराउँदा डाक्टरले पेटमा रहेको बच्चा उल्टो भएको भन्दै सुविधा सम्पन्न ठाउँमा लैजान सुझाव दिएका थिए। आर्थिक अभाव तथा यातायात समस्याका कारण समयमै सुविधा सम्पन्न अस्पतालमा जान नसक्दा यस्तो समस्या भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.