|

जुम्ला : स्थानीय प्रशासन तथा सरोकारवालाहरुद्वारा जुम्ला बजारमा छड्के अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा ३० वटा पशलहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा पहिलेभन्दा अहिले म्याथ नाघेका खाद्य वस्तुहरू बिक्रीमा कमी भेटिएको सरोकारवाला निकायले बताएका छन्। 'पहिलापहिला धेरै मात्रामा म्याथ नाघेका खाद्य वस्तुहरू पाइन्थे तर अहिले कमी आएको छ' नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने। उनका  अनुसार बिहीबार जफत गरिएका खाद्य वस्तुहरूको सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पछाडि खाल्डोमा म्याद नाघेका ९ हजार ८ सय ९० मूल्य वरावरका ३ सय ४२ प्रकारका खाद्य वस्तु नष्ट गरिएको हो। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित सुरक्षा निकाय र सरोकारवाला निकायहरुको रोहवरमा नष्ट  गरिएको हो।

बजारमा मिति नाघेका खाद्य बस्तुहरू फेरि पनि दोहोरिएमा कानूनी कारवाही गरिने प्रजिअ बञ्जाडेले बताइन्। 'ग्रामीण स्तरमा रहेका  पसलहरूको  अनुगमन थालिने छ। अनुमन नियमित भए पनि बजारमा सबै पसल/व्यवसायीहरूले मूल्यसूची टास गरेका छैनन। यसले गर्दा उपभोक्ता ठगिएको गुनासो आउने गरेको छ' उनले भनिन्।

पसलहरूले पछिल्लो समय स्थायी लेखा नम्बर राख्न शुरु गरेको पाइएको करदाता सेवा कार्यालय जुम्लाका प्रमुख हिमालय बमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.