|

गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका विभिन्न  दुर्गमा ठाउँहरूमा पुगि घुम्ती सेवामार्फत नागरिकता वितरण गरेको छ। प्रशासनले जिल्लाको कालीगण्डकी, चन्द्रकोट मदाने र मालिका गाउँपालिकामा घुम्ती शिविर गरि एक हजार ७७९ स्थानीयलाई नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा गत फागुन महिनाको  २२ र २३ गते पाँच सय ३५, चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३, मदाने गाउँपालिकामा बैशाख १२ र १३ गते पाँच सय १० र मालिका गाउँपालिकमा बैशाख २४, २५ र २६ गते ४ सय १ जनालाई नागरिकता वितरण गरिएको हो।   विशेष गरि गाँउमा सीमान्कृत र दलित व्यक्ति नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरूलाई ठूलो राहत भएको पाण्डेले दाबी गरे।

गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरूलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरू हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता वितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए। न्यौपानेले यसरी गाउँमै गएर सेवा दिँदा स्थानीयको समय, पैसा र  झन्झट कम भएको दाबी गरे। 

लागुऔषध नियन्त्रण गर्न जिल्ला समिति गठन

पछिल्लो समय लागुऔषध सेवनबाट युवा बिग्रदै गएको भन्दै यसलाई नियन्त्रण गर्न र जनचेतना फैलाउन भन्दै जिल्लामा लागुऔषध नियन्त्रण समिति गठन भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर आलेको संयोजकमा सदस्यहरू सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारी, रेसुंगा नगरपालि-९ का वडा अध्यक्ष नारायण बराल, जिल्ला स्वास्थ्य कार्यलयका मधुकर शर्मा, पत्रकार महासंघ गुल्मीका प्रतिनिधि तिलाचन पाण्डे, जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि, जनज्योति आमा समूहका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडका सदस्य सचिव रहने गरि समिति गठन गरिएको हो। 

समितिले विद्यालय, समुदाय तथा अन्य सरोकारवालासँग अन्तर्क्रिया तथा जनचेतनामूलक कार्यक्रम गर्ने, औषधि बिक्रीवितरण गर्ने पसलहरूमा निरन्तर निगरानी राख्ने र अवैध घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक तथा संयोजक मिनबहादुर आलेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.