|

जनकपुर : प्रदेश २ सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि सार्वभौमसत्ता, भोगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्याउने खालको समाचार सम्प्रेषण गरेमा एक करोडसम्म जरिवाना हुने प्रावधान राखिएको छ।

कान्तिपुर दैनिकमा समाचार छ, ‘कसैले दफा ५५(क) बमोजिम कसुर गरेमा मात्रा हेरी पाँच लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’, विधेयकमा भनिएको छ। उल्लिखित दफामा प्रदेशको सार्वभौमसत्ता, भौगिोलिक अखण्डता वा राष्टियतामा आँच आउने विषयलगायत विषय उल्लेख छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलबार प्रदेशसभामा टेबल गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसुरको मात्रा हेरी एक करोड रुपैयाँसम्म जरिवाना गरिने प्रावधान राखिएको छ। तर, प्रदेश २ का मुख्यमन्त्री मो। लालबाबु राउतले भूलवश एक करोड रुपैयाँ प्रावधान राखिएको बताउँदै संशोधनमार्फत सच्याउने दाबी गरे।

‘म आफैँ मिडियाका लागि लड्ने मान्छे’, मुख्यमन्त्री राउतले भने, ‘कुनै हालतमा पनि हुन्न। यो गल्ती सच्याउँछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.