|

लेजेन्ड स्टार लियोनेल मेसीले बार्सिलोनाको प्रतिष्ठीत अवार्डका रुपमा परिचित क्रियु डे सन्त जोर्डी अवार्ड हात पारेका छन्। बार्सिलोनाको पछिल्लो दशक भेट्रान स्टारको रुपमा रहेका मेसीले प्राप्त गरेको यो अवार्ड क्याटलानको पहिचान रक्षाको रुपमा रहने गरेको छ। यो अवार्डलाई क्याटलान पहिचानमा उल्लेख्य भुमिका खेल्नेहरुलाई प्रदान गरिने गरेको छ।

सन् १९८१ मा अवार्डको परिकल्पना गरिएको हो। स्मरणीय के छ भने राजनितिक रुपमा क्याटलान स्पेनबाट स्वतन्त्र हुन चाहिरहेको छ। त्यसैलेपनि क्याटलान आफुलाई विश्वभर परिचित गराएर आफ्नो राजनितीक अभिष्टमा विश्वभर आफ्नो लक्ष्य पुर्‍याउन चाहान्छ।

अर्जेन्टिनाका स्टार मेसीले ला लिगा क्लब बार्सिलोनामा १३ वर्षको उमेरबाटै बार्सिलाेनामा जोडिएका थिए। उनले क्लब फुटबलमा आफुलाई सर्वकालिन महान खेलाडीको रुपमा परिचित गराइसकेका छन्। बार्सिलोनाले क्लब फुटबल इतिहासमा सबै खाले उपाधि जित्दा मेसी त्यसका नायक रहेका छन्। उनी बार्सिलोनाका सबै भन्दा धेरै गोलकर्ता हुन्। उनले अरु खेलाडी भन्दा धेरै खेल जितेका छन्। उनी बार्सिलोनाको जर्सीमा जाभीपछि सबै भन्दा बढी खेल खेल्ने खेलाडी हुन्।

उनी अहिले क्लबका कप्तानका रुपमा रहेका छन्। ३१ वर्षिय मेसी अहिलेपनि उत्कृष्ट फर्ममा रहेका छन्। उनकै नेतृत्वमा क्लबले ३४ औ ला लिगा उपाधि केहि समय अघि हात पारेको थियो। यसअघि यो अवार्ड २००६ मा डच खेलाडी जोहान क्रुफले प्राप्त गरेका थिए। उनले खेलाडी र प्रशिक्षकको रुपमा बार्सिलोनामा बिताएको समयलाई कदर गर्दै यो अवार्ड २००६ मा प्राप्त गरेका थिए। खेलाडीको रुपमा क्रुफले ला लिगा र कोपा डेल रे जितेका थिए।

लगातार तीन बर्ष अवार्ड जितेका उनी क्याटलान क्लबका प्रशिक्षक भएका थिए। उनले सन् २०१३ सम्म क्लबको नेतृत्व गरेका थिए। बार्सिलोनालाई भने सन् १९९२ मा संस्थागत रुपमा पुरस्कार प्रदान गरिएको थियो। मेसी प्रेरित बार्सिलोनाले आईतबार इबरसंग खेल्दै लिगको अन्त्य गर्दैछ। कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग अर्को उपाधि संघारमा रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.