|

दाङ : दाङमा २००८ सादेखि २०७५ सालसम्म अदालतद्वारा दोषी ठहर भएका एक हजार आठ सय व्यक्ति व्यक्तिहरू फरार छन्। दाङ देउखुरी जिल्ला अदालतले बिहीवार घोराहीमा कार्यक्रम गरी फरार व्यक्तिहरूको नामावली सहितको सूची सार्वजनिक गरेको हो।

विभिन्न अपराधमा संलग्न भई कैद तथा जरिवाना पाई  फरार रहेका एक हजार सात सय ९० जना व्यक्ति फरार सूचीमा रहेको तथ्यांक अदालतले सार्वजनिक गरेको हो। कैद लागेका कैद तथा जरिवाना फैसला भएका एक हजार सात सय ७२ नेपाली र १८ विदेशी गरी एक हजार सात सय ७२ जना अपराधी फरार रहेको सूचीमा देखिएका छन्।

कैद सजाय तोकिएका दुई सय ७९ नेपाली र नौ विदेशी रहेका छन्। जरिवाना तोकिएका एक हजार ८५ नेपाली र पाँच  विदेशी रहेका छन्, भने कैद तथा जरिवाना दुवै फैसला भएका चार सय आठ नेपाली र चार विदेशी रहेका छन्। अदालतले २००८ सालदेखि हालसम्म फैसला भएका तर फरार रहेका व्यक्तिहरूको नामावली सहितको विवरण दाङका १० वटै स्थानीय तहमा ठेगानासहित पठाएको फैसला कार्यान्वय अधिकारी वसन्तराज जोशीले बताए।

सबैभन्दा पुरानो फैसलामा दंगिशरण गाउँपालिका ३ का कुमलाल कवर योगीलाई आगलागी मुद्दामा चार वर्ष कैद सजाय तोकिएको थियो। उनी फरार सूचीमा छन्।त्यसैगरी चालू आर्थिक वर्षमा फैसला कार्यान्वयनका लागि प्रहरी र अदालतले ५७ जना व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूबाट ६७ वर्ष १ महिना २६ दिन कैद र १५ करोड ९१ लाख ९५ हजार एक सय २४ रुपैयाँ जरिवाना संकलन भएको जोशीले बताए।

साथै स्थानीय तहहरूलाई पठाइएको विवरण अनुसार उनीहरुलाई कुनै पनि सेवा सुविधा पाउनुपूर्व सजाय भुक्तानका लागि सहयोग गर्न अदालतले आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.