|

बैतडी : मेलौली नगरपालिकाकी एक किशोरीको मृत्यु प्रकरणमा परिवारले किटानी जाहेरी दिएपछि एक युवक पक्राउ परेका छन्। मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा साेही नगरपालिका १ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएको  हो।  

क्षेत्रीमाथि सावित्रीलाई जबरजस्ती करणी गरी आत्महत्या गर्न  प्रोत्साहन गरेको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एव प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। यसअघि सावित्रीको कोठा खानतलासी गर्दा पर्स र त्यसभित्र क्षेत्रीको फोटो, नागरिकता र १० हजार नगद फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको उनले बताए। सावित्रीको शव बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो।  घटनाको विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने, दोषी भनिएका व्यक्तिलाई हदैसम्मको कानुनी कारवाही हुनुपर्ने परिवारको माग छ।

शव जलाएपछि प्रमाण नष्ट हुने भन्दैपरिवारले शव बुझ्न मानेको छैन। सावित्री मणिलेक मावि काँडा मेलौलीमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.