दुईजनाको आइसियुमा उपचार हुँदै

|
फाइल फोटो

पाल्पा : जिल्लाको तिनाउ गाउँपालिका-४ सत्यवतीको बोउरमा बासी खाना खाँदा १०५ जना बिरामी परेका छन्। छिमेकीको घरमा १३ औं दिनको पुण्‍यतिथिमा तयार गरिएको भतेरमा खाना खाँदा उनीहरू बुधबारदेखि  बिरामी परेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। उनका अनुसार दुई दिनअघि तयार गरिएको मासुसहित विभिन्न परिकारका खाना उनीहरूले बिहीबार पनि खाएका थिए। 

बिरामीमध्ये आठजनाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ। उनीहरूमध्ये दुईजनाको अवस्था  गम्भीर रहेको र आइसियुमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

उनका अनुसार आज पनि  जिल्ला अस्पतालका डाक्टर पुष्प ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर सामान्य बिरामीको पनि उपचार गरिरहेको छ। यसअघि बिहीबार पनि डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले गाउँमै बिरामीको उपचार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.