|
प्रतीकात्मक तस्विर

काठमाडौं : गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेन्टहरूबाट 'अनैतिक क्रियाकलापमा संलग्न' १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरीले 'स्विप अप्रेसन' गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार 'अनैतिक क्रियाकलापमा संलग्न'लाई नियन्त्रणमा लिने क्रममा ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पूजा रेष्टुरेन्टका संचालक झापा शिबसतासी गाउँपालिका-८ घर भएका २९ वर्षीय सौगात क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

क्षेत्रीले प्रहरीलाई नगद १८ हजार रुपैयाँ दिने खोजे पश्चात पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.