|

काठमाडौं : नेपालको सबैभन्दा लामो जात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा शुक्रबार लखनखेलको इतिटोलमा आइपुगेको छ।

आज बिहान थतिटोलमा रहेको रथलाई तानेर इतिटोलको चौबाटोसम्म पुर्‍याइएको हो। यो रथ यात्रामा आजको दिनको विशेष महत्व छ। महिलाहरूले यो रथलाई तान्ने दिन भएकाले यसको विशेष महत्व रहेको छ। 

सम्बन्धित समाचारः

अन्यदिन पुरुषले मात्र तान्ने यो रथ लगनखेलमा नरिवल खसालेको भोलिपल्ट महिलाहरूले तान्ने चलन छ। महिलाहरूले रथ तान्नुलाई 'याक मिसा भुज्या' भन्ने गरिन्छ।

सोही चलनअनुसार रातो मछिन्द्रनाथको रथलाई हिलाहरूले तानेर इतिटोल पुर्‍याएका हुन। अब यो रथलाई साइत जुराएर लगनखेल लगिनेछ र त्यसको चौथो दिन भोटो जात्रा हुनेछ।

फोटोमा हेर्नुस् महिलाहरूले रथ तान्दाका दृश्यः 

रातो मछिन्द्रनाथ र मीननाथको रथ, लगनखेलमा

रथ तान्न आएका उत्साहित महिला

होस्टेमा हैसे मिलाउँदै

रथ तान्दै महिला

रथ तान्दै, गन्तव्य आइपुग्नै लाग्यो

घरको छतबाट रथ तानेको हेर्दै

रातो मछिन्द्रनाथको रथ

उत्साहित महिला

प्रसाद बाँड्दै

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.