|

दाङ : धान र मकै खेतीको समय निजिकैदै गर्दा दाङमा रासायनिक मलको चरम अभाव भएको छ।

किसानले पाउँदै आएको अनुदाको रकम अपुग भएकाले १ महिनादेखि डिएपी, युरिया, र पोटास मल आयात नहुँदा रासायनिक मलको चरम अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरले जनाएको छ। दाङको तुलसीपुर, घोराही र लमहीमा  मल नहुँदा मल भण्डारण गर्ने गोदाम घरहरू खाली भएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले बताए। 

बुधबार र बिहीबारप्रति सहकारीलाई डिएपी २० बोराका दरले ७८ उपलब्ध गराएको कार्यालय प्रमुख न्यौपानेले बताए। युरिया भने गोदाममा एक बोरा पनि नभएको उनले बताए। मल नहुँदा तुलसीपुर, घोराही र लमहीमा गरी २ हजार २ सय ५० मेट्रिक टन क्षमताका गोदामघर पूर्णरूपमा खाली भएका छन्। हिजोआज किसानले मल आयो की आएन भनेर सोधेर हैरानै बनाउने गरेको उनले बताए।

मलको अभाव हुँदा दिनहुँ जसो थैलो र नाम्लो लिएर  मल ल्याउन कृषि सहकारीहरूमा आउने गरेको परिवर्तन कृषि सहकारी संस्थाका अध्यक्ष जीतबहादुर वलीले बताए। उनका अनुसार मल नभएकाले सामग्री र सहकारीमा जाने किसान रित्तोहात फर्किन बाध्य भएका छन। 

समयमै मल र बीउ प्रयोग गर्ने हो भने ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा धान र २३ हजार ४ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको दाङमा धान र मकै  सिजनमा मात्रै ७ हजार ४  सय ३२ मेट्रिकटन युरीया, ३ हजार ९ सय ८४  मेट्रिकटन डिएपी र ४ हजार ५७  मेट्रिकटन पोटास आवश्यक पर्ने कृषि ज्ञान केन्द्रीय कार्यालय घोराही दाङकी कृषि अर्थविज्ञ कुसुम भुषालले बताइन्।   

सिजनमा प्रयाप्त मात्रामा रासायनिक मल नपाइने भएपछि यस वर्ष धान, मकैको उत्पादनमा २० प्रतिशतले कमी आउने कृषि ज्ञान केन्द्र कार्यालय घोराही दाङका प्रमुख किरणबहादुर  बस्नेतले बताए।

अघिल्लो वर्ष दाङमा १ लाख ६१  हजार ५ सय मेट्रिकट धन र ३४ हजार ८०० मेट्रिकट मकै उत्पादन भएको थियो। यद्यपि दाङका १० स्थानीय तहमा कृषिको लागि विभिन्न बजेट विनियोजित गरेता पनि कुनै निकायले रासायनिक मल वा प्रारंगारिक मलबारे किसालाई के कसरी मल सहज तरिकाले उपलब्ध गराउर्ने त्यसको बारेमा कुनै चासो नदिँदा यस्तो अभाव श्रृजना भएको किसान बताउँछन्।

मलको अभाव भएपछि कम्पोष्टमल, गोठेमल, कुखुराको सुली, वनस्पति जन्य मल, प्रारंगारिक मल, औद्योगिक जैविक मल प्रयोग गर्न कार्यालयले किसानलाई सुझाव दिएको छ। रासायनिक मलको तुलनामा जैविको मलको प्रयोगले उत्पादन त्यति नभए पनि दीर्घकालीन रूपमा यसले फाइदा पुर्‍याउने कार्यालयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.