|

रुकुम : तीन व्यक्तिले रातो च्याउ ल्याइदिने भनेर लिएको पैसा फिर्ता गर्ने भन्दै बोलाए रुकुम पश्चिमका एक व्यक्तिलाई ज्यान मार्ने प्रयास गरि उल्ट रकम लुटेका छन्। ज्यान मार्ने उद्योग गरि नगद लुटेको अभियोगमा रुकुम पश्चिम प्रहरीले ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका १, रोकाजा बस्ने २० वर्षीय टेकबहादुर बुढा, १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार टेकबहादुर बुढाले रुकुम पूर्व भूमे गाउँपालिका ६ बस्ने डम्मर बुढाबाट १ वर्षअघि रातो च्याउ ल्याइदिने भनेर पचासी हजार रुपैयाँ लिएको थिए तर लामो समयसम्म चाउ उपलब्ध गराएका थिएनन्। उनले पैसा पनि फर्ता दिएका थिएनन्।

तर डम्मर बुढा यार्सा गुम्बा व्यापारको लागि आठबिसकोट भएर डोल्पा जाने क्रममा टेकबहादुरले भेटाई पुरानो पैसा दिन्छु भनी आठबिसकोटको एक होटलमा बास बसालेको र राति सुतेको बेला आँखामा खुर्सानीको धुलो हाली कुटपिट गरी भागेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले यार्सा व्यापारको लागि डम्मरको साथमा रहेको पाँच लाख रुपैयाँसमेत लुटेर भागेपछि प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमीत खड्काले जानकारी दिए। उनका अनुसार उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.