|
File Photo

पर्सा : एकाघरका सहोदर भाइले हानेको गोलीबाट शक्त घाइते दाइको शुक्रबार निधन भएको छ। पर्साको जिराभवानी गाउँपालिका-१ का शेख फारुकको शुत्रकार निधन भएको हो।

भाइ शेरामुद्दीनले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा दाइले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गोली हानेको स्वीकार गरेका छन्। बिहीबार साँझ भाइ शेरामुद्दिनले हानेको गोली दाँया हातको छाती मुनीबाट भित्र छिरेर शक्त घाइते दाइ फारुकको वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको टिचिङ अस्पताल लाने क्रममा बाटोमा नै निधन भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

भाइ शेरामुद्दीनले कटुवा पेस्तोलबाट हानेको गोलीले दाइ फारुकको दाहिने हात छेडी छाती मुनी गोली पसेको रहेछ। वीरगन्जका  दुई­दुईवटा अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लाने क्रममा घाइते फारुक बच्न नसकेको उनको भनाइ छ। मृतकको शवलाई वीरगन्जको नारायणी अस्पतालमा ल्याई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको पर्सा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले बताए। 

सहोदर दाइलाई गोली हान्ने भाइ शेरामुद्दीनलाई एक थान कटुवा पेस्तोल, ३ थान जंगी राउण्ड गोली, त्यसमा प्रयोग भएको १ थान खोकासहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ। अभियुक्त शेरामुद्दिनलाई अहिले पर्साको पोखरियामा रहेको इलाका प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.