|

दाङ : रोल्पा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३ जना नेतालाई बम र हातहतियारसहित पक्राउ गरेको छ।

पक्राउ परेका ३ जना नेताबाट १ थान नकटुवा पेस्तोल, ३०३ राइफलको १४ रोउन्ड गोली, अन्य गोली ११ राउन्ड (कुन हातहतियारको हो  नखुलेको), २ थान सकेट बम, एक थान खुकुरी बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसी दीपक खड्काले बताए।

पक्राउ पर्नेमा थवाङ गाँउपालिका २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका १ निवासी ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाईगर) र लुंग्री गाँउपालिका  २ निवासी ४२ बर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई बिहीबार साढे १ बजेतिर लुंग्री गाउँपालिका १ बाट पक्राउ गरिएको डिएसपी खड्काले बताए।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोप्य सूचनाको आधारमा प्रक्राउ गरेको थियो। पक्राउ परेकाहरू विरुद्ध शुक्रबार जिल्ला अदालतबाट ५ दिने म्याद थप गरि संगठित अपराध निवारण ऐन २०७४ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु भएको प्रमुख खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.