|

फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धित भए पनि पूर्वअध्यक्ष सेप ब्लाटरलाई फुटबलको चिन्ता भने कायमै छ। भ्रष्टाचार आरोपमा आजीवन प्रतिबन्धमा रहेका ब्लाटरलाई फिफाको इथिक्स कमिटीले फुटबलको कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।

तर पनि उनी वेला बखतमा आफ्नो टिप्पणीका कारण चर्चामा आइरहने गर्छन्। यसपटक उनले यस्तै अभिव्यक्ति दिएका छन्। ब्लाटरले वर्तमान फुटबल अति नै महँगो र दर्शकहरू त्यसको सिकार भएको दाबी गरेका छन्। ‘फुटबलमा अब धेरै धन खर्चनु पर्ने अवस्था आएको छ। त्यसको परिपूर्ति गराउन दर्शकलाई बाध्य पारिएको छ,’ उनले भने।

फुटबलको व्यावसायिकतासँगै क्लबहरू पनि त्यसको मारमा परेको ब्लाटरले प्रतिक्रिया दिए। अस्तित्व रक्षा गर्न तथा राम्रा खेलाडी भित्राउनका लागि क्लबले आप्mनो हैसियतभन्दा माथि उठेर खर्च गरिरहेको आरोप उनले लगाए। ‘खेलाडी किन्नदेखि रंगशाला बनाउनसम्म क्लबलाई अथाह रकम चाहिएको छ,’ उनले भने, ‘हास्यास्पद पक्ष के छ भने क्लबको सबै इच्छा दर्शकहरूले पूरा गर्न बाध्य छन्।’ क्लबको मुख्य आयस्रोत नै रंगशाला हो। क्लबले महँगो मूल्य राखेर टिकट बिक्री गरी आम्दानी गरिरहेको ब्लाटरले बताए। ‘रंगशाला नै मुख्य आम्दानी गर्ने थलो हो, दर्शकहरू आफ्ना स्टार खेलाडीहरूको प्रतिस्पर्धा हेर्न जति मूल्य पनि तिर्न तयार हुन्छन्, उनीहरूले औसत मूल्यभन्दा चर्को रकममा फुटबल हेर्छन्।’

फुटबलमा आर्थिक भार बढेका कारण नै पछिल्लो सिजनमा युरोपियन फुटबलमा दर्शकको उपस्थिति रंगशालामा कमी भएको ब्लाटरको दाबी छ। ‘यदि तपाईँले लगातार तीन वर्षको रंगशालाभित्र दर्शकको उपस्थिति हेर्नुभयो भने त्यो न्यून हुँदै गइरहेको छ।,’

वर्तमान फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको फुटबल नीतिले युरोपको फुटबल बजार नै कमजोर बनाएको ब्लाटरले आरोप लगाए। उनले भने ‘अहिलेको नीतिमा क्लबलाई आर्थिक रूपमा बलियो बनाउने हेरिएको छ, तर त्यसलाई कसरी अगाडि बढाउने भन्ने योजना छैन,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.