|

हेटौँडा : मकवानपुरको मनहरि गाउँपालिका–६ का शिक्षक अमन लामालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामालाई साढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

मनहरि गाउँपालिकास्थित एक निजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक लामालाई  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए। २२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको पीडितको परिवारले बिहीबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

जुरीका आधारमा लामालाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ। लामालाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ।

बढ्दै बलात्कारको घटना 

तीन वर्ष यता मकवानपुरमा बलात्कारको घटनाबारे मुद्दा वृद्धि हुँदै गएको तथ्यांक जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग छ। चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा २५ घटना दर्ता भएको छ। 

आव २०७२÷७३ मा बलात्कारका १९ घटना दर्ता भएका थिए भने २०७३÷७४ मा २२ वटा घटना दर्ता भएका थिए। त्यस्तै, ०७४÷०७५ मा २१ वटा घटना दर्ता थिए। 

सबैभन्दा बढी २०७५ को कात्तिकमा पाँच र चैतमा पाँच वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। बलात्कृत हुनेमा सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेर समूहका १४ जना र १६ वर्षभन्दा मुनिका सात जना रहेको प्रहरीको तथ्यांकमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.