|

काठमाडौं : किरात समुदायले उभौली पर्व मनाउँदैछन्। वैशाखे पूर्णिमाको अवसरमामा उभौली पर्व मनाउने प्रचलन छ।

किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले एक वर्षलाई उभौली र उधौलीमा छुटयाउने गर्दछन्। बाली लगाउने यामलाई उभौली र बाली उठाउने यामलाई उधौली याम भन्दछन्। यी दुवै याममा प्रकृतिको पूजाआज गरी यो पर्व मनाउने गर्दछन्। 

कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ। उभौलीलाई समुदायका राईहरुले साकेला, लिम्बूले यक्वा तङनाम, सुनुवारले ष्याँदरपिदार, याक्खाले युच्याङ र थामीले भुम्या नामले सम्बोधन गर्दछन्। 

उभौली पर्वमा बालीनाली लगाउनअघि खनजोत गर्दा अन्जानवस माटोमा भएका जीव मरे क्षमा पाउँ भनी पूजाआजा गरिन्छ। यस्तै, अन्नबाली राम्रोसँग सप्रियोस, कीरा फट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, बालीनालीमा रोग नलागोस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै पूजाआज गरिने किरात ज्योतिष उत्थान संघका अध्यक्ष डा. चन्द्रकुमार सेर्माले बताए ।

गर्मी बढेपछि माछा, पशुपक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले उभौली पर्व मनाउने गरिन्छ । उभौली लागेपछि पृथ्वी तातिने र बीउविजन लगाउँदा उम्रिन सक्ने भएकोले यो याम बालीनाली लगाउने यामको रुपमा लिइन्छ ।

उभौली पर्व किरात जातिको बसोबास रहेका प्रदेश १ को खोटाङ, भोजपुर, उदयपुर, संखुवसभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामल, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा, रामेछाप, दोलखागायतका जिल्लामा हर्षोल्लासका मनाइन्छ।  साथै, किरात समुदायको बसोवास रहेको काठमाडौं उपत्यका, पोखरा पनि मनाइने गरिन्छ। भारतलगायत विश्वका विभिन्न देशमा बसोवास गर्दै आएको किरात समुदायका मानिसहरुले समेत यो पर्व मनाउने गर्दछन्। 

यो पर्व विभिन्न कार्यक्रम गर्दै एक सातासम्म मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.