|

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड बन्द भएको छ। जिल्लाको रेसुंगा नगरपालिका-४ स्थित छल्दी पनाह पुलनजिकै कालोपत्रे गर्न भन्दै शुक्रबार रातिदेखि  ६ दिनका लागि बन्द गरिएको मदन भण्डारी राजमार्ग कार्यालयले जनाएको छ।

राजमार्गको तम्घास सिमलटारी प्युठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि  सम्पूर्ण ठूला, मझौला, साना सवारीसाधनलाई पूर्णरूपमा बन्द गरिएको हो। सडक बन्दको समयसम्मका लागि तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सीमाघाट वस्तु हुलाके सडक प्रयोग गर्न राजमार्ग कार्यालयले आग्रह गरेको छ।

बाटो बन्द भएसँगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौँ धेरै सडकहरू प्रभावित भएका छन्। राजमार्ग बन्द भएसँगै सयौँ सवारीसाधन तथा यात्रु मारमा परेका छन्।

बाटो बन्द हुँदा अन्य स्थानबाट वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्दा लामो दूरी यात्रा गर्नु भएपछि बढी भाडा तिनुपर्ने र ठूला सवारीसाधनलाई जोखिमपूर्ण यात्रा गर्नु अवस्था सिर्जना भएको छ। राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको छ।

तम्घास सिमलटारी प्युठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ। ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.