|

हेटौंडाः मकवानपुर प्रहरीले कुखुराको दाना बोकेको गाडीबाट १२० किलो गाँजा बरामद गरेको छ। शुक्रबार राति हेटौंडा ११ नवलपुरमा-३ नम्बर प्रदेश प्रहरी र मकवानपुर प्रहरीको संयुक्त प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आइरहेको ना३ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो।

दानाको बोराभित्र ११ वटा प्लाष्टिकमो गाँजा पोको पारेर ल्याएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।  प्रहरीले ट्रक धनी तथा चालक राक्सिराङ गाउँपालिका ३ का २८ वर्षीय सुकुलाल थिङ र भरतपुर महानगरपालिका १३ बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.